Homeराजनीतिश्रम संस्कृति पार्टीको झापामा चुनावी तयारी पूरा, पाँचै क्षेत्रमा उम्मेदवार घोषणा

श्रम संस्कृति पार्टीको झापामा चुनावी तयारी पूरा, पाँचै क्षेत्रमा उम्मेदवार घोषणा

Date:

झापा । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको टुङ्गो लगाएको छ ।

श्रम संस्कृति पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केबलराम राई, झापा २ बाट केशव भण्डारीलाई आगामी फागुन २१ का लागि उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना झापा ४ बाट अमृता राई र झापा ५ बाट शिभम सोरानी मगरलाई श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले निर्णय गरेसँगै उनीहरू आज पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भेट्न धरान आएका थिए।

धरानका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । उनले हर्कवादले मात्रै देशको विकास हने भन्दै श्रम बाट मात्रै देशको विकास हुने बताउँदै आएका छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here