HomeUncategorizedशिखा सहकारीको १४औं साधारण सभाबाट पुनः तेजकुमार श्रेष्ठ अध्यक्ष चयन

शिखा सहकारीको १४औं साधारण सभाबाट पुनः तेजकुमार श्रेष्ठ अध्यक्ष चयन

Date:

दमक। दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि पुनः तेजकुमार श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ। बिहीबार दमक–६ स्थित पशुपति सेवा सदनमा सम्पन्न सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

सभाको उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका लेखा संयोजक चुडामणी ओझा, संघका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बुलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा उत्कृष्ट कारोबारकर्ता ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ सदस्यलाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको व्यवस्थापक तुल्सी राजवंशीले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि र ग्रामीण विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित सहकारीलाई थप सुदृढीकरण गर्ने नीति अवलम्बन गरिएको उल्लेख गरिएको थियो।

त्यसैगरी, लेखा समितिका संयोजक विवेक मैनालीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६५१ रुपैयाँ ६८ पैसा, कुल आम्दानी ४ करोड ४ लाख ५५ हजार ४२९ रुपैयाँ ३० पैसा र खुद नाफा १२ लाख १५ हजार ५६८ रुपैयाँ रहेको छ। सोही वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको पनि जानकारी दिइयो।

सभाको सञ्चालन संस्थाका सचिव तीर्थराज चाम्लिङ राईले गरेका थिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here