HomeUncategorizedशाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा, कुल सम्पत्ति १.४ अर्ब डलर

शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा, कुल सम्पत्ति १.४ अर्ब डलर

Date:

मुम्बई । बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ ।

हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ ।

यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स, गायिका टेलर स्विफ्टजस्ता विश्वव्यापी सेलिब्रेटीसँगैको सूचीमा राखेको छ । जसको कुल सम्पत्ति फोर्ब्स पत्रिकाले १.६ अर्ब डलर अनुमान गरेको छ ।

बलिउडमा रोमान्सका राजा भनेर चिनिने शाहरुखले फिल्म उद्योगमा ३ दशक बिताएका छन् । उनले अभिनयबाहेक रेड चिल्लीज नामक निर्माण कम्पनी चलाउँछन् अनि उनी क्रिकेट टीमका मालिक पनि हुन् ।

उनको आम्दानीका अन्य स्रोतमा चलचित्रबाट हुने आम्दानी, विज्ञापनका साथै विश्वभरका घरजग्गामा गरिएको लगानी समावेश छ । ‘अर्बपति सूचीमा खानको प्रवेश भारतको परिवर्तनशिल आर्थिक वृद्धि चरित्र दर्शाउने कुराको प्रतिविम्व हो’ जुनैदले भने ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here