HomeUncategorizedविराटनगर–१४ मा सिटी सफारीसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु

विराटनगर–१४ मा सिटी सफारीसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु

Date:

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१४ मा आइतबार साँझ सिटी सफारीसँग ठोक्किँदा साइकिल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशी रहेका छन्। प्रहरीका अनुसार आईसीपी रोडस्थित भित्री सडकखण्डमा सवारी अनियन्त्रित भई विराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

सिटी सफारी चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here