HomeUncategorizedविराटनगर बालसुधार गृहमा झडप: वरिष्ठ हवल्दार घाइते, स्थिति नियन्त्रणमा

विराटनगर बालसुधार गृहमा झडप: वरिष्ठ हवल्दार घाइते, स्थिति नियन्त्रणमा

Date:

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।

स्रोत : अनलाइन खबर

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here