
अमेरिकाबाट जर्मनी जाँदै गरेको लुफ्थान्सा एयरको विमानमा एक भारतीय यात्रुले दुई बालकमाथि काँटाचम्चा प्रहार गरेका छन्।
यो घटना गत शनिबार शिकागोदेखि फ्र्यांकफर्ट उडेको लुफ्थान्सा एयरको उडान नम्बर ४३१ मा भएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार, २८ वर्षीय भारतीय नागरिक प्रनितकुमार उसिरीपल्ली नामक युवकले सुतिरहेका एक बालकको बाँया काँधमा काँटाचम्चा घोपेका थिए। त्यसपछि उनले सँगै रहेका १७ वर्षीय किशोरको टाउकोको पछाडिपट्टि सोही काँटाचम्चाले प्रहार गरेका थिए।
घटनापछि उनले अर्की महिलालाई पनि चड्कन हानेको बताइएको छ। विमान फ्र्यांकफर्टमा अवतरण गरेपछि प्रहरीहरूले आरोपी यात्रुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

