HomeUncategorizedलायन्स क्लब दमकद्वारा बिष्णु बराललाई आँखा अप्रेसनका लागि ७२ हजार सहयोग हस्तान्तरण

लायन्स क्लब दमकद्वारा बिष्णु बराललाई आँखा अप्रेसनका लागि ७२ हजार सहयोग हस्तान्तरण

Date:

दमक । लायन्स क्लब दमक एरिया–२ को आयोजनामा दमक–५, चाँदनी टोलमा डेरा गरी बस्दै आएका बिष्णु प्रसाद बराललाई आँखा अप्रेसनका लागि ७२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

कार्यक्रमको संयोजन संगीता भुजेल (खतिवडा) ले गर्नुभएको थियो भने सञ्चालन भिम प्रसाद पौडेल ले गर्नुभएको हो। दमकका विभिन्न लायन्स क्लबहरूद्वारा संयुक्त रूपमा उक्त रकम संकलन गरिएको हो।

डाक्टरको सल्लाहअनुसार दुई महिनाभित्र शल्यक्रिया गर्नुपर्ने भए पनि पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको बिरामीका अभिभावकले बताएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा एरिया–२ का चिफ रमेश बाबू कामत, एरिया कोअर्डिनेटर विवेक बजगाई (बुद्धि शेखर), रिजन चेयरपर्सन नवीन ताम्राकार, जोन चेयरपर्सन गुरु ढुंगाना, अध्यक्ष महेश भण्डारी (देवराज), डा. हेमराज गैरे लगायतको उपस्थिति थियो।

कार्यक्रममा लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट, लायन्स क्लब अफ दमक इस्टर्नलाई, लायन्स क्लब अफ दमक स्विट सिटी, लायन्स क्लब अफ दमक गोल्ड, लायन्स क्लब अफ दमक सेविका, लायन्स क्लब अफ दमक श्री अन्तु, लायन्स क्लब अफ दमक डायनामिक, साथै लायनस अन्जना ताम्राकार (दमक एक्टिभ), लायन रोशन ढकाल (दमक सेन्ट्रल) र शुभम चन्द्र गडतौला (दमक श्री अन्तु) ले संयुक्त रूपमा सहयोग गरेका थिए।

“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात् गर्दै समुदायका आवश्यकता र पीडामा साथ दिने उद्देश्यले क्लबहरूले यो सहयोग अभियान सञ्चालन गरेको संयोजक खतिवडाले बताउनुभयो। उनका अनुसार, बिरामी बरालका परिवारले “लायन्समा गए सहयोग पाइन्छ” भन्ने जानकारी पाएपछि सम्पर्क गरेपछि अभियान शुरु गरिएको थियो।

“Lead to Serve, Serve to Lead” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस अभियानमार्फत दृष्टिविहीन तथा दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई उपचार र शल्यक्रियाका लागि सहयोग उपलब्ध गराइएको हो।

आयोजकका अनुसार, यस अभियानले दमक क्षेत्रका नागरिकहरूमा सामुदायिक सहयोग, स्वास्थ्य सचेतना र सेवा भावनाको सन्देश फैलाएको छ।

“Be Brave to Lead and Serve” — यही भावनासहित लायन्स क्लब अफ दमक तथा सहआयोजक क्लबहरूले आगामी दिनहरूमा पनि यस्ता सेवा–कार्य निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here