
असोज १८ र १९ गतेको वर्षा पछि आएको रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः बनाउन सुरु भएको छ । खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनः निर्माण गर्न लागेको हो ।
नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको बिच चाँडो भन्दा चाँडो बिपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरू निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।
बिपी राजमार्गको रोशी खोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।


