HomeUncategorizedरक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

Date:

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट घोषणा’ गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट घोषणा गरिएको हो ।

भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

विज्ञिप्तमा भनिएको छ- ‘यही मिति २०८२ साल भाद्र २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सदभाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेन‍जी फ्रन्ट’ गठन गरिएको छ ।’

उक्त समिति हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत विज्ञप्तिमा जनाइएको छ । साथै, नेपाल जेनजी फ्रन्टका तर्फबाट जेनजी विद्रोहको दस्तावेज समेत सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here