HomeUncategorizedमोरङमा मध्यराति मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु, दुई घाइते

मोरङमा मध्यराति मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु, दुई घाइते

Date:

मोरङ जिल्लामा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

कटहरी–१ महेशपुर चौधरी चोकस्थित भित्री सडकखण्डमा राति करिब १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बिराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको छ। पेट, छाती र दाहिने हातमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि कोशी अस्पताल बिराटनगर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय बसन्त राजवंशी घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरमा रेफर गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here