
विराटनगर । कोशी प्रदेश नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । ग्रामथान–५ कखरमारीमा विराटचोक जाँदै गरेको को ९ प ७५ नम्बरको सेतो नम्बर प्लेटको सो गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पूर्वमन्त्री समेत रहेका नेता आङ्बो भने उक्त गाडीमा सवार थिएनन् । गाडी गम्भीरमान मग्रातीले चलाएका थिए । उनी आङ्बोका स्वकीय सचिव हुन् । मृतकको पहिचान खुलेको छैन ।
आङ्बोले भने आफू त्यहाँ नभएको बताए । ‘म सुन्दरहरैंचामा थिएँ । मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु । मानिसको मृत्यु भएको पनि सुने । दुःखद भयो,’ उनले भने ।

