HomeUncategorizedमाओवादीसँग एकता विरोधी समूहको छुट्टै भेला, एकीकृत समाजवादी फुट्ने संकेत

माओवादीसँग एकता विरोधी समूहको छुट्टै भेला, एकीकृत समाजवादी फुट्ने संकेत

Date:

नेकपा (एकीकृत समाजवादी)को माओवादी केन्द्रसँग एकताको विपक्षमा रहेको समूहले छुट्टै भेला गरेका छन्।

माओवादीसँग एकता गर्न नहुने भन्नेमा सम्मानीत ‍नेता झलनाथ खनाल पक्षका छन्।

सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा झलनाथ पक्षका नेताहरूले शनिबार दिउँसो छुट्टै भेला गरेका हुन्।

छलफलमा सम्मानीत नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतका नेताहरू सहभागी छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो।

सम्मानीत नेता, महासचिव लगायतका पंक्ति एकताको विपक्षमा उभिएपछि एकीकृत समाजवादी फुट्ने निश्चित भएको हो।
शिर्षक

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here