महेश बस्नेतको चेतावनी: “न्याय नदिलाउने सरकार जनआन्दोलनको सामना गर्न तयार रहोस्”


काठमाडौं, १२ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनको क्रममा तोडफोड, लुटपाट र आगजनी गर्नेहरुलाई कारबाही नगर्न भनेर गृह मन्त्रालयले निर्देशन दिएको भन्ने समाचारमा आपत्ति जनाएका छन् ।
उनले रगत बगाउनेहरुलाई न्याय नहुने, राष्ट्रिय सम्पत्ति जलाउनेहरुलाई सजाय नहुने र निजी सम्पत्तिको क्षति नपुर्ने अवस्था आयो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई ठूलो जनआन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिएक छन् । उनले युवाको रगत बगाउर र राष्ट्रिय सम्पत्ति खरानी बनाएर मन्त्री बन्नेहरुलाई इतिहासले माफ नगर्ने बताएका छन् ।
बस्नेतले फेशबुकमार्फत लेखेका छन्–
प्रहरीले जेनजी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो भिडियो संकलन गरेर कारबाही अघि बढाउँदा गृह मन्त्रालयले नै कार्बाही नगर्न दबाब दिएको गम्भीर समाचार आएको छ।
रगत बगाउनेलाई न्याय नहुने, राष्ट्रिय सम्पत्ति जलाउनेलाई सजाय नहुने र निजी सम्पत्तिको क्षति नपुर्ने अवस्था आयो भने ,प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू, तपाईंहरूले ठूलो जनआन्दोलनको सामना गर्न तयार रहनुहोला। युवाको रगत बगाएर, राष्ट्रिय सम्पत्ति खरानी बनाएर मन्त्री बन्नेहरूलाई इतिहासले माफ गर्ने छैन।