HomeUncategorizedमण्डन देउपुरमा नेकपा काभ्रे–२ को घरदैलो अभियान तीव्र, विकास योजनासहित मतदाता भेटघाट

मण्डन देउपुरमा नेकपा काभ्रे–२ को घरदैलो अभियान तीव्र, विकास योजनासहित मतदाता भेटघाट

Date:

काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत छैठौँ दिनको मतदाता भेटघाट तथा घरदैलो अभियान मण्डन देउपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पन्न भएको छ।

अभियानका क्रममा वडा नं. १, ४ र ६ मा नेकपाको वडा कार्यालय उद्घाटन गरिएको आयोजकले जनाएको छ।

कात्तिके, चुरिथुम्का, सिपाघाट र बजार क्षेत्र लगायतका स्थानमा प्रत्यक्ष रूपमा मतदातासँग भेटघाट गर्दै उनीहरूका माग, समस्या र समाधानका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईंले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले उक्त क्षेत्रमा कालोपत्रे सडक, पुल, विद्यालय तथा कुलो निर्माणसँगै ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लगायतका योजनामा बजेट विनियोजन गरिएको उल्लेख गर्दै मण्डन देउपुरको विकासमा निरन्तर योगदान दिइएको दाबी गर्नुभयो।

कार्यक्रममा सहभागी मतदाताहरूले विकास निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै आगामी निर्वाचनमा समर्थन गर्ने धारणा व्यक्त गरेका थिए। केन्द्रीय सदस्य लक्ष्मण लम्साल, टोकबहादुर वाइबा, शिशिर भण्डारी लगायतका नेता तथा कार्यकर्ताको सहभागितामा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले हुमागाईंलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका थिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here