HomeUncategorizedभोजपुरका वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर

भोजपुरका वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर

Date:

भोजपुर — डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्रेष्ठले डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा पदीय अख्तियारीको दुरुपयोग गरी एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा बराबरको अकुत सम्पत्ति आर्जन गरेको पाइएको हो।

यस आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो दरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्नुपर्ने मागसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ।

भ्रष्टाचार #अख्तियार #भोजपुर #वनअधिकृत #नेपालसमाचार

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here