
विराटनगर – मोरङको विराटनगर महानगरपालिका–१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगरसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्।
पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले आईसिपी रोडबाट विराटनगर तर्फ आउँदै गरेको BR38AP 9049 नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा मोटरसाइकल चालक भारत अररिया निवासी २० वर्षीय सेठु कुमार, १९ वर्षीय राजकुमार साह र २० वर्षीय रोशन कुमारको साथबाट १०४ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान जारी छ।

