Homeसमाचारब्राउन सुगरसहित एक जना पक्राउ, ६० किलो गाँजा बरामद

ब्राउन सुगरसहित एक जना पक्राउ, ६० किलो गाँजा बरामद

Date:

मोरङ । मोरङमा प्रहरीले लागू औषधविरुद्धको कारबाहीका क्रममा १०१ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ भने ६० किलोग्राम गाँजा बरामद गरेको छ।

वडा प्रहरी कार्यालय विराटनगर र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१० निवासी ३० वर्षीय पप्पु रामलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट १०१ ग्राम लागू औषध ब्राउन सुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–१ कुलरिया क्षेत्रमा परालको कुन्युमा बेवारिसे अवस्थामा राखिएको ६० किलोग्राम लागू औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here