
मोरङ । बेलबारी-९, डागीहाट मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
३१ वर्षीया देविमाया खवास घर पछाडि कल चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक उनका श्रीमान् दिलबहादुर खवासकी पत्नी हुन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डांगाबजारबाट प्रहरी निरीक्षक गुणराज पोखरेलको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

