HomeUncategorizedप्रधानमन्त्री कार्कीको प्रतिबद्धता — तोकिएको समयमा नै निर्वाचन हुने

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता — तोकिएको समयमा नै निर्वाचन हुने

Date:

भक्तपुर — प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याएकी छिन् ।
नेपाल संवत् ११४६ को अवसरमा शंखधर साख्वाः प्रतिष्ठानले सोमबार आयोजना गरेको माल्यार्पण कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘भदौ २३ र २४ को आन्दोलनको बलमा बनेको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । यो जिम्मेवारी पूरा गर्न सरकार कटिबद्ध छ ।’

प्रधानमन्त्री कार्कीले नेपाली जनतालाई मताधिकार प्रयोग गर्न सहज वातावरण बनाउन सरकार लागिपरेको बताइन् । साथै उनले नेपालको संविधानअनुसार जेन–जी समूहको यथोचित आवाज सम्बोधन गर्दै नागरिक सेवामा सरकार जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र समाजका सबै वर्गलाई निष्पक्ष निर्वाचन गराउन सहयोग गर्न आग्रह गरिन् ।

नेपाल संवत् ११४६ का अवसरमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उनले समाजमा पुर्‍याएको योगदानको स्मरण गरिन् । – कान्तिपुर

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here