HomeUncategorizedप्रगतिशील लेखक सङ्घ काभ्रेमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

प्रगतिशील लेखक सङ्घ काभ्रेमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

Date:

काभ्रे। प्रगतिशील लेखक सङ्घ काभ्रेद्वारा आयोजित कवि गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम सङ्घका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षता र प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रृङ्खलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बनेपा–८ स्थित शिक्षक सङ्गठनको सभाहलमा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा हुँदै आएको कार्यक्रममा यसपटकका ‘स्रष्टा विशेष’ बनेपा–३ निवासी लेखक विश्व सिग्देल रहे।

कार्यक्रममा स्रष्टा सिग्देलले आफ्ना कृति ‘तालिको समाजशास्त्र’, ‘असेसन कथासङ्ग्रह’, ‘द प्रिमोडियल सङ अफ लभ’, साहित्यिक पत्रिका ‘अकाल कुसुम’लगायत उनका प्रकाशित पुस्तकहरू लेखेका उनले ‘तालिको समाजशास्त्र’बाट चयनित अंश वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन सङ्घका सचिव दिनेश राज खरेलले गरेका थिए। कार्यक्रममा दर्जनौँ साहित्यकार तथा स्रष्टाहरूले कविता, मुक्तक र अन्य विधाका रचना वाचन गर्दै सक्रिय सहभागिता जनाएका थिए।

रचना प्रस्तुत गर्नेहरूमा रमि प्रिया, चन्द्र बहादुर लामा, केशवराज पौडेल, संजय सुमन, डी.पी. आत्रेय, बलराम विस्ट, सौगात घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाई, रामसुन्दर देउजा, केशव घिमिरे, सुसिला विस्ट, श्रीकृष्ण पाण्डे, मुरहरी रायमाझी, समुद्रा अधिकारीलगायतको सहभागिता उल्लेखनीय थियो।

प्रमुख अतिथि गोविन्द श्रृङ्खलाले साहित्य समाजको दर्पण मात्र नभई दिशानिर्देशक शक्ति भएको बताउँदै काभ्रेका स्रष्टाहरूले प्रगतिशील अभिव्यक्तिमार्फत सिर्जनशीलतामा नयाँ उचाइ बनाइरहेको उल्लेख गरे। “यस्ता साहित्यिक कार्यक्रमहरूले सिर्जकहरूलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्छन्,” उनले भने।

सङ्घले आगामी महिना पनि कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here