HomeUncategorizedपैदल यात्रुलाई ठक्कर दिएर फरार कार चालक पक्राउ

पैदल यात्रुलाई ठक्कर दिएर फरार कार चालक पक्राउ

Date:

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ निष्ट कलेज अगाडी ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् ।

ठक्कर दिएर फरार रहेका बा १९ च ३७२९ नम्बरको कार चालक तथा सवारी धनी बनेपा नगरपालिका वडा वडा नम्बर ७ बस्ने ३३ वर्षीय सुजन रायमाझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई हाल इलाका प्रहरी कार्यालय बनेपाबाट आवश्यक अनुसन्धान भईरहेको छ।

रायमाझीले चलाएको कारको ठक्करबाट चितवनको भरतपुर महानगरपालीका वडा नम्बर २३ जगतपुर घर भई हाल काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँबस्तीमा कोठा डेरा गरी बस्ने ४० वर्षीय अप्सरा रायमाझी घाईते भएकी थिईन । अप्सराको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृ’त्यु भएको थियो ।

अप्सराको माइती काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ८ मेछेपौवा हो । कार नालाबाट बनेपा तर्फ आउँदै थियो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here