HomeUncategorizedपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बनाउन वि नेपाल समुह तयार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बनाउन वि नेपाल समुह तयार

Date:

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने विषय सार्वजनिक भइरहेका बेला ‘वी नेपाल’ समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ।

समूहका अध्यक्ष सुधन गुरुङले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्व स्वीकार्न तयार भएको र धेरैले यसमा सहमति जनाएको बताए। उनले संसद् अवरोध आफ्नो प्रमुख माग भएको उल्लेख गर्दै अन्य कामहरु त्यहीँपछि मात्र अघि बढ्ने बताए।

उनले जेन–जी पुस्ताले आफूलाई अनुकूल हुने गरी मन्त्रिपरिषद् गठनलाई अनुगमन गर्ने बताउँदै, क्याबिनेट निर्माण र त्यसका अन्य प्रक्रियाबारे छलफलमा संलग्न रहेको जानकारी दिए।

यसअघि, वी नेपाल समूहका प्रतिनिधिहरूले नेपाली सेनाका प्रमुखसँगको छलफलमा पनि सहभागी भएका थिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here