HomeUncategorizedपाकिस्तान–नियन्त्रित कश्मीरमा हिंसा, कम्तीमा १२ जनाको मृत्यु

पाकिस्तान–नियन्त्रित कश्मीरमा हिंसा, कम्तीमा १२ जनाको मृत्यु

Date:

काठमाडौं । पाकिस्तान–नियन्त्रित कश्मीरमा पाकिस्तानी सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कम्तीमा तीन प्रहरी कर्मचारी पनि रहेको बताइएको छ ।

सरकारले आफ्ना ३८ वटा मुख्य मागहरू पूरा गर्न नसकेपछि सुरु भएको विरोध प्रदर्शन क्रमशः सैन्य ज्यादतीविरुद्धको बृहत् आन्दोलनमा परिणत भएको बताइएको छ । यसले गर्दा यस क्षेत्रको जनजीवन ठप्प बनेको छ ।

बिहीबार तेस्रो दिनमा प्रवेश गरेको आन्दोलनका क्रममा ड्याडियालमा प्रदर्शनकारी र सेनाबीच झडप भएको थियो । सरकारले अशान्ति नियन्त्रण गर्न हजारौँ अतिरिक्त सेना परिचालन गरेको छ । मुजफ्फराबाद बाहेक हिंसा रावलकोट, निलम उपत्यका र कोटलीसम्म फैलिएको छ ।

मुजफ्फराबादमा पाँच, धिरकोटमा पाँच र ड्याडियालमा दुई प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

यसबाहेक, २०० भन्दा बढी मानिस घाइते भएको बताइएको छ । जसमध्ये धेरैलाई गोली लागेको छ । उनीहरूको अवस्था गम्भीर छ ।

आन्दोलनको केन्द्रमा रहेको प्रमुख माग भनेको पाकिस्तानमा बसोबास गरिरहेका कश्मीरी शरणार्थीहरूका लागि विधानसभामा आरक्षित गरिएका १२ सिट खारेज गर्नु हो । अन्य मागहरूमा कर छुट, मैदा र बिजुलीमा सरकारी अनुदान र अधुरा विकास परियोजना पूरा गर्नु पनि समावेश छन् ।

इन्डिया टुडेबाट

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here