HomeUncategorizedपाँचथरमा बुबाको रहस्यमय मृत्यु, छोरा पक्राउ

पाँचथरमा बुबाको रहस्यमय मृत्यु, छोरा पक्राउ

Date:

पाँचथर: जिल्लाको हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युबराज राई आतवार बिहान आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार बिहान करिब १०:३० बजे घरदेखि करिब पाँच मिटर टाढा रहेको करेसाबारीमा राईको शव फेला परेको हो।

घटनाबारे स्थानीयवासीबाट जानकारी प्राप्त भएपछि प्रहरी टोली र अनुसन्धान अधिकृत सहित घटनास्थल पुगेको थियो। आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि फिदिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मृतकको शरीरका विभिन्न भागमा चोटपटक देखिएकोले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका कान्छा छोरा ३१ वर्षीय सन्देश राईको संलग्नता देखिएको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here