HomeUncategorizedपहिरो पन्छाएर बेनी–दरवाङ सडक सञ्चालन, यात्रु गन्तव्यतर्फ

पहिरो पन्छाएर बेनी–दरवाङ सडक सञ्चालन, यात्रु गन्तव्यतर्फ

Date:

पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ। पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले बताए।

सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनले बताए।

पटकपटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here