HomeUncategorizedनेपाल र इरानबीच आज मैत्रीपूर्ण महिला फुटबल प्रतिस्पर्धा, साँझ सवा ६ बजे...

नेपाल र इरानबीच आज मैत्रीपूर्ण महिला फुटबल प्रतिस्पर्धा, साँझ सवा ६ बजे खेल सुरु

Date:

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले इरान राम्रो प्रतिद्वन्द्वी भएको र प्रतिस्पर्धात्मक खेल हुने उल्लेख गर्दै सकेसम्म जितकै लागि प्रयास गर्ने बताएकी छन् ।

इरानले गत ४ कात्तिकमा भएको खेलमा भारतलाई ३-० ले हराएको थियो ।

नेपाली टोलीले १० गते भारतसँग पनि मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

इरान भर्सेस् भारत : ४ कात्तिक (सवा ६ बजे)

इरान भर्सेस् नेपाल : ७ कात्तिक (सवा ६ बजे)

भारत भर्सेस् नेपाल : १० कात्तिक (सवा ६ बजे)

नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here