HomeUncategorizedनेपाल–भारतबीच रेलमार्ग कार्गो ढुवानीमा सुधार: सबै प्रकारका सामान ढुवानी खुला

नेपाल–भारतबीच रेलमार्ग कार्गो ढुवानीमा सुधार: सबै प्रकारका सामान ढुवानी खुला

Date:

नेपाल र भारतका अधिकारीहरू दुई देशबीच विद्यमान पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्दै रेलबाट हुने सामान ढुवानी बढाउन सहमत भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त संशोधनले सबै किसिमका कार्गो कोलकाता-विशाखापटनमबाट रेलबाट विराटनगर-जोगबनी र नौतनवा-सुनौलीसम्म ढुवानी गर्न पाउने बाटो खोलिदिने छ।

नेपाली पक्षले अब नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।
विशाखापटनममा आयोजित एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बिहीवार भारतीय समकक्षी पीयूष गोयलसँग नयाँदिल्लीमा भेटघाट गरेका थिए। सोही अवसरमा प्रोटोकल संशोधनका लागि लेटर अफ एक्स्चेन्ज आदानप्रदान भएको हो।

यसअघि दुवै नाकाबाट सीमित किसिमका सामान मात्र रेलमार्फत् ढुवानी गर्न सकिने व्यवस्था भएकोमा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत् पठाउन सकिने मन्त्रालयका प्रवक्ताले जनाएका छन्।

BBCNepali #Nepal #India

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here