
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो बैठक सुरु भएको हो ।
केन्द्रीय समिति विघटनपछिको यो पहिलो बैठक हो । असोज ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो ।
जारी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा महाधिवेशनको मिति तयलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

