HomeUncategorizedनेकपा (एस) नेताहरूमाथि अनुशासन तोड्ने गतिविधि नगर्न अल्टिमेटम

नेकपा (एस) नेताहरूमाथि अनुशासन तोड्ने गतिविधि नगर्न अल्टिमेटम

Date:

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीभित्रको अनुशासन तोड्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएको छ। मीनभवन आलोकनगरस्थित बागमती कोरिडोरमा सोमबार जारी विज्ञप्तीमा आयोगले हाल केही जिम्मेवार नेताहरूमध्येबाट पार्टीको लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी विधान विपरीत गतिविधि देखापरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तीमा भनिएको छ, “पार्टीमा आफ्ना विचार राख्ने निश्चित विधि र स्थानहरू छन्। तर, पार्टीको आधिकारिक धारणा विपरीत सार्वजनिक रूपमा बोल्ने वा लेख्ने, सामाजिक सञ्जाल वा कार्यक्रममा व्यक्तिगत मत प्रदर्शन गर्ने कार्य रोक्नुपर्छ।”

आयोगले सार्वजनिक संचार माध्यम, सभा वा कार्यक्रममा पार्टीबाट निर्णय नभएका निजी विचार राखेर कार्यकर्ता र जनतामा भ्रम र निराशा फैलाउने अराजक शैलीको गतिविधि नगर्न र नगराउन स्पष्ट निर्देशन दिएको छ।

साथै, विज्ञप्तीमा यस्तो गतिविधि दोहोर्‍याउने कम्युनिष्ट नेतामाथि पार्टी विधानअनुसार अनुशासनको कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here