
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते राजनीतिक दलहरूलाई बोलाइएको हो।
उनका भनाइअनुसार, आयोगले यसअघि भएका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई समेत छलफलमा सहभागी हुन आह्वान गरेको छ।
आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, दलहरूसँग पूर्व–परामर्श नगरी कार्यतालिका सार्वजनिक गरिएको भन्दै प्रमुख राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
शिर्षक

