Homeस्थानियनिर्माणाधीन एशियन हाइवेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

निर्माणाधीन एशियन हाइवेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

Date:

झापा । निर्माणाधीन एशियन हाइवे अन्तर्गत झापाको विर्तामोड ६ स्थित गिरीबन्धु टि स्टेट अगाडी भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ साढे पाँच बजे चारआलीबाट विर्तामोड तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा भद्रपुर-९ का भुपाल अधिकारी र मोटरसाइल पछाडी सवार तत्काल नाम थर नखुलेका २५/२६ बर्षका अर्का एक युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना लगत्तै तत्काल बिएण्डसी अस्पताल विर्तामोड लगिएका उनीहरु दुवै जनालाई अस्पतालले साँझ साढे ६ बजे मृत घोषणा गरेको हो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here