HomeUncategorizedधरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते

धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते

Date:

झापा । शिवसतासी–१ धरमपुरस्थित बजारदेखि दक्षिणतर्फ वार्ड कार्यालय अगाडि पर्ने पाराबारी–पाँचगाछी सडकमा शुक्रबार दिउँसो दुई पाङ्ग्रे सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

स्कुटर र पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुई महिला र मोटरसाइकलमा सवार एक पुरुष गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयवासीहरूले उपचारका लागि अस्पताल पठाएका छन्।

दुर्घटनापछि स्कुटर र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here