HomeUncategorizedधनुषामा महिलाको हत्या गरी सुनचाँदी लुट्ने महिला पक्राउ

धनुषामा महिलाको हत्या गरी सुनचाँदी लुट्ने महिला पक्राउ

Date:

धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।


धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा सोही टोलकी बिहारी मण्डलकी ४५ वर्षीया श्रीमती पवित्रा देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चन्द्रकला देवी दास यही कात्तिक २४ गते (सोमबार) राति ९ बजे आफ्नै घरबाट पाँच सय मिटरको दूरीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।


प्रहरीले अनुसन्धानका क्रममा आरोपी पवित्रा देवी मण्डलले मृतकको साथबाट सुनचाँदीका गरगहना लुटेको पत्ता लगाएको छ । बरामद गरिएका गरगहनामा झुम्का दुई थान, बाली दुई थान, मंगलसुत्र दुई थान र खुट्टामा लगाउने कडा दुई थान रहेका छन् । साथै मृतकलाई प्रहार गर्न प्रयोग गरिएको धारिलो हतियार (दाउ) समेत प्रहरीले बरामद गरेको जनाएको छ ।


प्रहरीले पवित्रा देवी मण्डललाई नियन्त्रणमा लिएर जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here