HomeUncategorizedधनकुटामा पिकअप भ्यान दुर्घटना, १७ घाइतेमध्ये ३ को अवस्था गम्भीर

धनकुटामा पिकअप भ्यान दुर्घटना, १७ घाइतेमध्ये ३ को अवस्था गम्भीर

Date:

धनकुटा नगरपालिका–८ स्थित टेकुनालामा बिहान करिब साढे १० बजे पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप भ्यानमा सवार २१ मध्ये १७ जना घाइते भएका हुन्।

घाइतेहरूलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल धनकुटामा उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ती घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ। बाँकी घाइतेहरूको उपचार जिल्ला अस्पताल धनकुटामा भइरहेको छ।

दुर्घटनामा परेकामध्ये धनकुटा नगरपालिका–७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, ३८ वर्षीय जीत बहादुर श्रेष्ठ र नगरपालिका–८ का ४५ वर्षीया रेनुका राई गम्भीर घाइते रहेका छन्। उनीहरू गाईजात्रा हेर्न धनकुटा बजार जाँदै थिए। धनकुटा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here