Homeराजनीतिदुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोलाई निर्वाचन आयोगको पत्र

दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोलाई निर्वाचन आयोगको पत्र

Date:

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठाएको छ ।

प्रसाईँले आइतबार आफ्नै निवास भक्तपुरमा गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । भ्रम फैलाएको भन्दै आयोगको आइतबार बसेको बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्राचार गरेको हो ।

आयोग उच्च स्रोतले भन्यो, ‘दुर्गा प्रसाईँले शनिबार पत्रकार सम्मेलन गरेर विभिन्न व्यक्तिलाई निराधार आरोप लगाएको आयोगमा जानकारी प्राप्त भयो । निर्वाचनमा मुखैमा यस्ता निराधार आरोप लगाउनेलाई साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि आयोगले आइतबार निर्णय गरेर पत्राचार गरेको छ ।’

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here