Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

दीपप्रज्ज्वलन र रक्तदानसँगै कमलमा आदिवासी दिवसको उत्सव

झापा । ३१औँ विश्व आदिवासी दिवसको अवसरमा झापाको कमलमा आइतवार आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ। कमल–३ स्थित केर्खा बजारमा आयोजित उक्त कार्यक्रममा १४ महिलासहित ४० जनाले रक्तदान गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँ समन्वय परिषद् (नेफिन)को आयोजनामा भएको कार्यक्रममा महासंघ कमलका अध्यक्ष बदी साम्पाङ राईसहित महासंघका पदाधिकारी, सर्वसाधारण तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो। उक्त रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग तथा लखनपुर रेडक्रस उपशाखाको समन्वयमा सम्पन्न भएको अध्यक्ष साम्पाङले जानकारी दिए।

यसैगरी, महासंघले दिवसको सन्दर्भमा शनिबार कमल–५ स्थित पाडाजुंगीमा साँझ दीपप्रज्वलन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा पालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतासहित किरात राई यायोक्खा कोशी प्रदेश अध्यक्ष पारषमणि राई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिना, नेफिनका पदाधिकारी, सदस्य तथा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०