HomeUncategorizedदशैं मनाउन आएका छोरा र बुहारीमाथि बुबाद्वारा खुकुरी प्रहार, दुवै घाइते

दशैं मनाउन आएका छोरा र बुहारीमाथि बुबाद्वारा खुकुरी प्रहार, दुवै घाइते

Date:

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।

बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्।

रूबिस र मनिता अमेरिकाबाट हालसालै दसैं मनाउन काठमाडौं आइपुगेका हुन्।

बुधबार बिहान घरायसी विवाद हुँदा बुबा विष्णुले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट छोराको पाखुरा, खुट्टा र बुहारीको औंलामा चोट लागेको छ।
स्रोतका अनुसार छोराले आफ्ना कुरा नसुनेको निहुँमा विष्णुले खुकुरी प्रहार गरेका हुन्।

घाइते दुवै जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बुबा विष्णुलाई नियन्त्रणमा लिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here