HomeUncategorizedदमक पशुहाटको नालीभित्र भेटियो लाश, हत्याको आशङ्का

दमक पशुहाटको नालीभित्र भेटियो लाश, हत्याको आशङ्का

Date:

झापाको दमक–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीयले टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक करिब ५० देखि ५५ वर्षका पुरुष हुन्, तर उनको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ। घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here