Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

दमकमा महिला संघ स्थापना दिवस तथा तिज विशेष कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले झापाको क्षेत्र नं ५ अन्तर्गत दमक, गौरादह र गौरीगञ्जमा महिला संघ स्थापना दिवस तथा तिज पर्वको समेत सन्दर्भ पारेर विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता पाइएको महिला संघले जनाएको छ ।नेपाल महिला सघ झापा जिल्ला अध्यक्ष टीका मैनालीको प्रमुख आतिथ्य र महिला संघ दमक नगर अध्यक्ष मन्धरा चिमरिया पौडेलको अध्यक्षतामा दमकमा भएको कार्यक्रममा कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको विशेष आतिथ्य रहेको थियो ।


दमक नगर र आसपास क्षेत्रबाट समेत महिला संघमा आवद्ध महिलाहरुको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा प्रथम नागरिक ज्येष्ठ आमाहरुको सामुहिक सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीकी कोशी प्रदेश सदस्य चन्द्रा खड्का , झापा जिल्ला उपसभापति शेर बहादुर भट्टराई , झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी लगायत नेतृत्वहरुको आतिथ्य रहेको थियो ।कार्यक्रममा महिला संघ नगर उपाध्यक्ष होमा आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने नगर सचिवद्धय रमुना चापागाई र हेमकला न्यौपानेले आलोपालो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०