HomeUncategorizedदमकमा भालुखोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु

दमकमा भालुखोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु

Date:

दमक – दमक १० स्थित भालुखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। जडाहा निवासी इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईलाई आज बिहान करिब ७ बजे जडाहा सेतुमारी बिचस्थित कल्भर्ट नजिकैबाट खोला बगाएर लगेको थियो।

बालकलाई करिब ५ सय मिटर तल दमक चक्रपथ पुल नजिकैबाट उद्धार गरी तत्कालै दमकस्थित निम्स अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

स्व. धर्मेन्द्र प्रसाई सेतुमारीमा रहेको एभरेष्ट स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए। घटनापछि स्थानीयवासी र परिवार शोकमा छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here