HomeUncategorizedदमकमा भदौ २४ का घटनामा संलग्न व्यक्तिहरु पक्राउ

दमकमा भदौ २४ का घटनामा संलग्न व्यक्तिहरु पक्राउ

Date:

दमक । भदौ २४ गते झापाको इलाका प्रहरी कार्यालय दमकमा भएको ढुंगामुढा, तोडफोड, आगजनी र हातहतियार लुटपाट घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

प्रहरीका अनुसार इलाम चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मा लाई हातहतियार लुटपाट प्रकरणमा पक्राउ गरिएको हो। उनीहरूलाई हातहतियार तथा खरखजना र चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनीमा संलग्न पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का २१ वर्षीय साजन लुहागुन, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–१ का ३४ वर्षीय दिपचन महतो र दमक–६ का २४ वर्षीय लोमस कटुवाल लाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान जारी छ।

यस्तै, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा वेश क्याम्पमा रहेको सशस्त्र प्रहरी बलको SLR राइफल लुटपाट प्रकरणमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बु लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको विरुद्ध हातहतियार खरखजना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले हाल पक्राउ परेका सबै अभियुक्तहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here