HomeUncategorizedदमकमा ब्राउन सुगर सहित १ जना पक्राउ

दमकमा ब्राउन सुगर सहित १ जना पक्राउ

Date:

झापा, २०८२ कार्तिक ११ । झापाको दमक नगरपालिका ९ शान्ति चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय मनोज धिमाल रहेका छन् । हिजो बेलुका ७ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले उनलाई लागूऔषध ब्राउन सगुर ६ ग्राम सहित पक्राउ गरेको हो । प्रहरीले धिमालले चलाएको सिटी सफारीको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा ब्राउन सगुर फेला पारेको थियो।

पक्राउ परेका धिमालको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here