HomeUncategorizedदमकमा जेन–जी आन्दोलनकारीहरूको शान्तिपूर्ण प्रदर्शन निरन्तर

दमकमा जेन–जी आन्दोलनकारीहरूको शान्तिपूर्ण प्रदर्शन निरन्तर

Date:

झापा । जेन–जी विद्रोहमा सहभागी भएकाहरूमाथि प्रहरीले जथाभावी गिरफ्तारी र धरपकड गरिरहेको समाचारहरू सार्वजनिक भइरहेका छन्। भाद्र २३ र २४ गतेका घटनाको अनुसन्धानका लागि न्यायिक जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा प्रहरी संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव नहुने भन्दै आन्दोलनकारीहरूले आपत्ति जनाएका छन्।

आन्दोलनकारीहरूका अनुसार भाद्र २३ गते प्रदर्शनकारीको मृत्युमा संलग्न केपी शर्मा ओली र रमेश लेखक खुलेआम हिँडिरहँदा भाद्र २४ गतेका घटनाका लागि अन्य व्यक्तिलाई पक्राउ गर्नु न्यायसंगत होइन। उनीहरूले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार मानेर मात्रै थप कारबाही अघि बढाउन सरकार, गृह प्रशासन र नेपाल प्रहरीलाई सचेत गराएका छन्।

यसै सन्दर्भमा झापाको दमकमा शान्तिपूर्ण प्रदर्शन सुरू गरिएको छ। प्रदर्शन हरेक दिन साँझ ४:३० बजेदेखि ५:३० बजेसम्म दमक चोकको आकाशे पुलमुनि प्लाकार्डसहित उभिएर भइरहेको आयोजकहरूले बताएका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here