Homeस्थानियदमकमा जेनजी आन्दोलनका लुटिएका हतियार बरामद

दमकमा जेनजी आन्दोलनका लुटिएका हतियार बरामद

Date:

झापा । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार र गोली गठठ बेवारिशे अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार आज शुक्रबार करीब ५ बजे तीन थान इन्सास (हतियार), ३०३ को जंगी राउण्ड गोली १३४ थान, एसएलआरको जंगी राउण्ड पाँच थान, इन्सासको जंगी राउण्ड २० थान र गोली राख्ने बिन्दुली तीन थान फेला परेको हो ।

दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेबारिसे अवस्थामा केही हातहतियारहरु तथा गोलीगठ्ठाहरु स्थानीयबासीले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले ति हतियार बरामद गरेको हो ।

ति हतियार रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here