HomeUncategorizedदमकमा जेएनजी समूहको प्रदर्शन नियन्त्रण बाहिर, गोली प्रहारमा कमलका युवक घाइते

दमकमा जेएनजी समूहको प्रदर्शन नियन्त्रण बाहिर, गोली प्रहारमा कमलका युवक घाइते

Date:

झापाको दमकमा जेएन जी समुहको विरोध प्रदर्शनका प्रदर्शनकारीहरु दमक नगरपालिकाको गेट अगाडी तोडफोड गर्दै भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको छ ।


दमकको आकाशे पूल र आसपासमा जम्मा भएका प्रदर्शनकारीहरुको समुह क्रमश नगरपालिका गेट भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको हो ।
प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेका छन भने त्यहाँ जोडिएका सीसि क्यामेरा समेत तोडफोड गरेका छन ।

सुरक्षाकर्मीहरुले त्यहाँँ गोली प्रहार समेत गरेका प्रदर्शनकारीहरुले बताएका छन्। यद्यपी सुरक्षा निकायले यसबारे तत्काल केही बताउन चाहेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुको गोली प्रहारबाट एक जना प्रदर्शनकारी घाईते भएका छन् । घाईते कमल ५ का प्रकाश भट्टराई रहेको बताइएको छ । उनको दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here