दमकमा जेएनजी समूहको प्रदर्शन नियन्त्रण बाहिर, गोली प्रहारमा कमलका युवक घाइते

झापाको दमकमा जेएन जी समुहको विरोध प्रदर्शनका प्रदर्शनकारीहरु दमक नगरपालिकाको गेट अगाडी तोडफोड गर्दै भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको छ ।
दमकको आकाशे पूल र आसपासमा जम्मा भएका प्रदर्शनकारीहरुको समुह क्रमश नगरपालिका गेट भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको हो ।
प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेका छन भने त्यहाँ जोडिएका सीसि क्यामेरा समेत तोडफोड गरेका छन ।
सुरक्षाकर्मीहरुले त्यहाँँ गोली प्रहार समेत गरेका प्रदर्शनकारीहरुले बताएका छन्। यद्यपी सुरक्षा निकायले यसबारे तत्काल केही बताउन चाहेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुको गोली प्रहारबाट एक जना प्रदर्शनकारी घाईते भएका छन् । घाईते कमल ५ का प्रकाश भट्टराई रहेको बताइएको छ । उनको दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।