HomeUncategorizedतमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड, कम्तिमा ३६ को मृत्यु

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड, कम्तिमा ३६ को मृत्यु

Date:

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड, कम्तिमा ३६ को मृत्यु

तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन्।

राजनीतिमा प्रवेश गरेका विजय थलापति नेतृत्वको तामिलगा वेत्री काझगम (टिभिके) पार्टीले शनिबार तमिलनाडुको करूर जिल्लामा आयोजना गरेको सभामा यो घटना भएको हो।

मृतकमध्ये कम्तिमा १६ महिला, ९ पुरूष र ६ बालबालिका रहेको तमिलनाडुका स्वास्थ्यमन्त्री सुब्रमणियनले पुष्टि गरेका छन्।

उक्त सभामा हजारौंको संख्यामा मानिसहरू उपस्थित थिए। भिड अचानक बढेपछि भागदौड मच्चिएको थियो।
भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ का अनुसार विजयले सम्बोधन गरिरहेकै बेला खचाखच भरिएको सभामा होहल्ला र भागदौड सुरू भएको थियो। त्यसपछि विजयले आफ्नो भाषण रोकेका थिए।

प्रत्यक्षदर्शीहरूले शनिबार राति ७:४५ बजेतिर मानिसहरू विजयलाई नजिकबाट हेर्न आतुर हुँदै मञ्चतर्फ बढ्दा अवस्था बिग्रिएको बताएका छन्। अत्यधिक भिडका कारण सास फेर्न गाह्रो भएर धेरै मानिस बेहोस भएका थिए।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here