HomeUncategorizedडा. तारा कुँवरको समन्वयमा भुम्लुका युवकलाई ह्विलचेयर सहयोग

डा. तारा कुँवरको समन्वयमा भुम्लुका युवकलाई ह्विलचेयर सहयोग

Date:

काभ्रे — समाजसेवी राजेश कुमार अग्रवालको आर्थिक सहयोग र समाजसेवी, व्यवसायी तथा अभियन्ता डा. तारा बहादुर कुँवरको समन्वयमा भैसेपाटी साँगास्थित स्पाइनल इन्जरी पुनःस्थापना केन्द्रमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा काभ्रे–कोशिपारी भुम्लु गाउँपालिका–२, सिम्थली थापाटोलका ३० वर्षीय शिव थापालाई ह्विलचेयर हस्तान्तरण गरिएको हो।

‘हजुरलाई नमस्ते’ परोपकारी संस्थाका अध्यक्ष डा. तारा बहादुर कुँवरको समन्वयमा आयोजित कार्यक्रममा समाजसेवी जिएन सापकोटा, सुरज मकै, राजु खत्री लगायतको उपस्थितिमा थापालाई संस्थामार्फत ह्विलचेयर प्रदान गरिएको थियो।

२४ वर्षको उमेरमा घरको छतबाट लडेर कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेका थापा हाल दैनिक जीवनमा कठिनाइ भोग्दै आएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले हालसम्म २०० भन्दा बढी ह्विलचेयर अपांगता भएका व्यक्तिहरूलाई वितरण गरिसकेको बताए।

सहयोगी हातहरूले आफ्नै समुदायका अशक्त तथा अपांगता भएका व्यक्तिहरूको पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै लाभग्राही शिव थापाले धन्यवाद व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ का सभापति समेत रहेका डा. तारा बहादुर कुँवरले महाभूकम्पदेखि कोभिड–१९ महामारीसम्मका कठिन समयमा श्रमिक र विपन्न परिवारका लागि राहत सामग्री वितरणदेखि लिएर स्वास्थ्य तथा सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका छन्।

समाजसेवामा समर्पित कुँवरले श्रमिक वर्गबाटै उक्लेर समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै विपन्न तथा अपांग व्यक्तिहरूको जीवनस्तर उकास्न आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here