HomeUncategorizedट्रम्प र पाकिस्तानी प्रधानमन्त्री शेहबाजबीच वाशिंगटनमा पहिलो औपचारिक भेट

ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री शेहबाजबीच वाशिंगटनमा पहिलो औपचारिक भेट

Date:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान वाशिंगटन डीसीको ओभल अफिसमा पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख असिम मुनीरसँग भेट गरेका छन्।


पाकिस्तानी प्रधानमन्त्री कार्यालयको विज्ञप्तिअनुसार बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि सहभागी थिए। बैठक रमाइलो वातावरणमा सम्पन्न भयो।


बैठकपछि सार्वजनिक तस्बिरमा शहबाज र मुनीरले ट्रम्पसँग छलफल गरिरहेको देखिन्छ। यो भेट दुई नेताबिचको पहिलो औपचारिक द्विपक्षीय भ्रमण हो। बैठकअघि ट्रम्पले पत्रकारहरूसँग भने, ‘पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख आउँदैछन्।’


रेडियो पाकिस्तानका अनुसार दुई पक्षले आपसी हित र क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल गरेका छन्। 
शहबाज संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा सहभागी हुन अमेरिकामा छन्। उनले शुक्रबार महासभालाई सम्बोधन गर्नेछन्।


न्यूयोर्कमा विदेश विभागका एक अधिकारीले पाकिस्तानको खनिज क्षेत्रमा अमेरिकी लगानी र पेट्रोलियम अन्वेषणमा चासो रहेको बताए।
अमेरिकाले पाकिस्तान र साउदी अरेबियाबिचको हालैको रक्षा सम्झौताको समीक्षा गरिरहेको छ। पाकिस्तानले गाजामा इजरायली बमबारीको निन्दा गरे पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गरेको छ। एजेन्सी

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here