HomeUncategorizedट्रकको ब्रेक फेल भएर श्रृंखलाबद्ध दुर्घटना: ५ जिउँदै जले, ९ जनाको मृत्यु

ट्रकको ब्रेक फेल भएर श्रृंखलाबद्ध दुर्घटना: ५ जिउँदै जले, ९ जनाको मृत्यु

Date:

भारतको पुणेको बाहिरी इलाकामा रहेको नवले पुल नजिकै बिहीबार साँझ २० देखि २५ सवारी साधन ठोक्किएका छन् ।
एउटा ट्रकको ब्रेक फेल भएर ट्रक पहिले कारसँग ठोक्किएको थियो ।


दैनिक भास्करको समाचारअनुसार त्यसपछि कार अगाडि रहेको कन्टेनरसँग ठोक्कियो र आगो लाग्यो। ट्रक पनि जल्यो ।
दुर्घटनामा कारमा रहेका पाँच जना जिउँदै जलेको समाचारमा उल्लेख छ ।


दुर्घटनामा ट्रक चालकसहित नौ जनाको मृत्यु हुँदा करिब २० जना घाइते पनि भएका छन् । प्रहरीका अनुसार दुर्घटना पुणे-नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। 


दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी र दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
दुर्घटनामा घाइते भएका सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here