Homeराजनीतिटोक बहादुर वाईवाको संयोजकत्वमा काभ्रे–२ मा नेकपाको निर्वाचन परिचालन मूल कमिटी गठन

टोक बहादुर वाईवाको संयोजकत्वमा काभ्रे–२ मा नेकपाको निर्वाचन परिचालन मूल कमिटी गठन

Date:

काभ्रे । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा सशक्त, संगठित र प्रभावकारी निर्वाचन अभियान सञ्चालन गर्ने उद्देश्यले निर्वाचन परिचालन मूल कमिटी तथा सचिवालय गठन गरेको छ।

जिल्ला समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार गठित निर्वाचन परिचालन मूल कमिटीको संयोजकमा टोक बहादुर वाईवालाई चयन गरिएको छ। सह–संयोजकमा कृष्ण कुमार भण्डारी र सचिवमा गोकुल गौतम रहनुभएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारीहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

निर्वाचन परिचालन मूल कमिटीमा प्रतिनिधि सभा क्षेत्र नं. २ का सम्पूर्ण केन्द्रीय सदस्यहरू, विभिन्न केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, पालिका कमिटीका अध्यक्ष तथा इन्चार्जहरू, साथै प्रदेश निर्वाचन समन्वय कमिटीका अध्यक्ष र सचिव सदस्यका रूपमा रहनेछन्।

निर्वाचन सचिवालय समिति गठन
निर्वाचन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन ४१ सदस्यीय निर्वाचन सचिवालय समिति समेत गठन गरिएको छ। सचिवालयमा निर्वाचन परिचालन मूल कमिटीका संयोजक, सह–संयोजक, सचिव, उम्मेदवार, केन्द्रीय सदस्यहरू तथा प्रदेश निर्वाचन समन्वय कमिटीका संयोजक र सचिव सदस्य रहने व्यवस्था गरिएको छ।

सचिवालय समिति सदस्यहरू
टोक बहादुर वाईवा (मण्डनदेउपुर), तेज बहादुर मिजार (पाँचखाल), लक्ष्मण लम्साल (मण्डनदेउपुर), रुकु चौलागाई (पाँचखाल), मिना तामाङ (पाँचखाल), बसुन्धरा हुमागाई (पनौती), भोला प्रसाद अर्याल (बनेपा), कृष्ण भण्डारी (पाँचखाल), राजीव लामा (बनेपा), छिरिङ तामाङ (पाँचखाल), कृष्ण अधिकारी (धुलिखेल), सगर प्रजापति (बनेपा), दीपक जंगम शर्मा (बनेपा), शंकर लामा (बेथानचोक), शिव न्यौपाने (पाँचखाल), आइते सिंह तामाङ (पाँचखाल), लक्ष्मण वस्ताकोटी (मण्डनदेउपुर), गोकुल गौतम (मण्डनदेउपुर), डिल्ली प्रसाद आचार्य (मण्डनदेउपुर), राम प्रसाद श्रेष्ठ (मण्डनदेउपुर), प्रेम बहादुर भूजेल (भूम्लु), मोतीलाल तामाङ (भूम्लु) रहेका छन्।

आर्थिक व्यवस्थापन कमिटी
निर्वाचन खर्च व्यवस्थापन तथा पारदर्शी आर्थिक सञ्चालनका लागि आर्थिक व्यवस्थापन कमिटी गठन गरिएको छ। कमिटीको संयोजकमा बसुन्धरा हुमागाई, सह–संयोजकमा कृष्ण भण्डारी तथा सदस्यहरूमा सचितानन्द के.सी., छविलाल हुमागाई, रघुवर चौ प्रधान, भेषराज शाह, निरञ्जन विष्ट, राम प्रसाद श्रेष्ठ, लक्ष्मण वस्ताकोटी र डिल्ली प्रसाद आचार्य रहनुभएको छ।

पालिकास्तरीय निर्वाचन परिचालन कमिटी
पालिकास्तरमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउन पालिकागत निर्वाचन परिचालन मूल कमिटी गठन गरिएको छ।
बेथानचोकमा संयोजक तारा राना तिमल्सिना र सह–संयोजक हरीचन्द्र लामा, पनौतीमा संयोजक जयराम केसी र सह–संयोजक हस्त लामा, बनेपामा संयोजक प्रलाद दाहाल र सह–संयोजक कान्छा मानन्धर, धुलिखेलमा संयोजक सुरेन्द्र महत र सह– संयोजक राजेन्द्र सापकोटा, मण्डनदेउपुरमा संयोजक गणेशप्रसाद पराजुली र सह–संयोजक रोहित मोक्तान, पाँचखालमा संयोजक रामशरण दुलाल चयन हुनुभएको छ।

प्रचार–प्रसार संयोजन
निर्वाचन अभियानको प्रचार–प्रसार संयोजकको जिम्मेवारी भेषराज शाहलाई दिइएको छ। मिडिया कमिटी अन्तर्गत प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, अनलाइन सञ्चारमाध्यम तथा स्थानीय पत्रकारहरूसँग समन्वय गरी प्रचार–प्रसारलाई व्यापक बनाइने पार्टीले जनाएको छ।

पार्टीले जनसम्पर्क, संगठन विस्तार, प्रचार–प्रसार तथा निर्वाचन व्यवस्थापनलाई योजनाबद्ध रूपमा अघि बढाउँदै काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा निर्णायक उपस्थितिका साथ चुनावी मैदानमा उत्रिने जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here